तीनकुने तनावग्रस्त,आगजनी र आसपासका घरमा तोडफोड

२०८१ चैत १५ गते

तीनकुने तनावग्रस्त,आगजनी र आसपासका घरमा तोडफोड

काठमाडौँ । राजा समर्थकहरुको जुलुस र प्रदर्शनस्थल तीनकुने तनावग्रस्त बन्न पुगेको छ । आगजनी र आसपासका घरमा तोडफोड भएका छन् । झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आन्दोलनकारीतर्फ घाइते भएको मानवअधिकारवादी संगठनहरूले जनाएका छन् ।

केही घाइतेको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको हो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

Advertisement:

Ad
Ad