२०८२ भदौ २० गते
काठमाडौँ । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइयो)मनोज कुमार ज्ञवालीले देशमा संभावना छ भनेर बोल्दा पनि गाली खाने दिन आएको बताएका छन् ।
शैक्षिक धारको ’द ग्राविटी शो’ एआई पोडकाष्टको शुभारम्भ गर्दै सिइओ ज्ञवालीले समाज नकारात्मकता तर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।सिइओ ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकासले विद्यार्थीलाई सृजनशील बनाउने बताए । उनले भने, ‘प्रविधिको जमानामा एआइको प्रयोग गरेर सिकाउँदै शिक्षा छर्ने पोडकाष्टको सफलताको शुभकामना दिन चाहन्छु ।’
ज्ञवालीले अब युगमा डिजिटाइजेसन र एआइ अपनाउनैपर्ने औंल्याए । उनले एआईलाई एउटा टुल्सको रुपमा महत्व छ भनि बुझ्न जरुरी रहेको बताए । उनले टेक्नोलोजिले धेरै कुरा परिवर्तन गर्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको बताए । ग्राविटी ग्रुपका सिइओ दिपक चौलागाईले सञ्चालन गर्ने पडकाष्ट योहो टेलिभिजनमा प्रसारण हुनेछ । पोडकाष्टमा एआई संवाद समेत राखिने गरी डिजाइन गरिएको चौलागाईले जानकारी दिए ।
उनका अनुसार शिक्षा आर्जनका लागि सहयोगी बन्नेगरी पडकाष्ट प्रसारणमा आउनेछ । योहो टिभी र ग्राविटी ग्रुपबिच शुक्रबारनै सम्झौता आदानप्रदान गरिएको छ । म्याक्सहव एआइ स्मार्ट बोर्डले शोको टाइटल स्पोन्सर गरेको छ । ग्राविटी ग्रुपले ग्राविटी होम ट्यूसन सोलुसन सञ्चालन गर्दै आएको छ भने ग्राविटी मेगा मिडिया समेत सञ्चालनमा ल्याएको छ ।
सोही अवसरमा नबिल बैँकका सिइओ ज्ञवालीले चाबहिल स्थित केएल टावरमा सञ्चालनमा रहेको ग्राविटी होम ट्यूसन सोलुसन’को रिवन काटेर उदघाटन गरेका छन् ।
प्रतिक्रिया