देशभर निषेध आदेश र कर्फ्यू लगाइयो

२०८२ भदौ २५ गते

देशभर निषेध आदेश र कर्फ्यू लगाइयो

काठमाडौं । नेपाली सेनाले हाल जारी निषेध आदेश र कफ्र्यु देशभर निरन्तर रहने जनाएको छ। नेपाली सेनाले बिहीबार बिहान ६ बजेसम्म निषेध आदेश र कफ्र्यु निरन्तर रहने जनाएको हो।


सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनका नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई दृष्टिगत राखी हाल लागू गरिएको निषेधाज्ञा आज मिति २०८२ भाद्र २५ गतेको बेलुकी ५ बजे बजेसम्म देशभर निरन्तर रहने र तत्पश्चात् भोलि भाद्र २६ गते बिहान ६ ब सम्म कफ्र्यु आदेश जारी रहने एवम् परिस्थितिको विश्लेषणका आधारमा थप सूचना सम्प्रेषण गरिने बेहोरा आमदेशवासीलाई जानकारी गराइन्छ ।’

Advertisement:

Ad
Ad


आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।