टेलिकमका कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदान

२०८१ माघ २२ गते

टेलिकमका कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदान

काठमाडौं । नेपाल टेलिकमले आफ्ना कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदान गरेको छ । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले २०१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक वितरण गरेको हो ।

५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ ।पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको छ ।

Advertisement:

Ad
Ad

२० वर्ष भन्दा बढी काम गरेर दीर्घसेवा पदक प्राप्त गरेका सो संख्याका कर्मचारीलाई उक्त पदक र एक महिनाको तलबसहित सम्मान गरिएको हो ।