टर्कीको एक होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

२०८१ माघ ०९ गते

टर्कीको एक होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

काठमाडौं। टर्कीको लोकप्रिय स्की रिसोर्ट होटेलमा लागेको आगलागीमा परी ७६ जनाको मृत्यु भएको छ । केहीले ज्यान बचाउन होटलको झ्यालबाट हामफालेको बताइएको छ ।

टर्कीको बोलुमा रहेको ग्राण्ड कार्टल होटलमा स्थानीय समय अनुसार राति झण्डै साडे ३ बजे आगलागी भएको हो । काठले बनेको १२ तल्ले सो होटलमा आगलागीको समय बिदा मनाउन गएका २ सय ३४ जना रहेका थिए ।

Advertisement:

Ad
Ad

टर्कीको आन्तरिक मन्त्रालयले आगलागी भएको केही घण्टामा १० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको थियो । तर होटलभित्र ठूलो संख्यामा मानिसहरु रहेका र काठको संरचना भएकाले छोटो समयमा नै मृतकको संख्या बढेको हो ।

होटलमा आगलागी भएपछि झ्यालबाट हाम फाल्ने प्रयास गर्न २ जनाको मृत्यु भएको छ । होटलमा लागेको आगो नभाउन झण्डै १२ घन्टा लागेको थियो ।

प्रहरीले होटलका मालिक सहित ९ जनालाई पक्राउ गरी घटनामा विषयमा अनुसन्धान गरिहरेको छ । मृतकहरुको पहिचान हुन बाँकी रहेको जनाइएको छ ।