श्वेत गंगा हाइड्रोपावर गत चौथो त्रैमाससम्म १६ करोड ७८ लाखभन्दा बढी नोक्सानीमा

२०८१ साउन २८ गते

श्वेत गंगा हाइड्रोपावर गत चौथो त्रैमाससम्म १६ करोड ७८ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १६ करोड ७८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १६ करोड ४२ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यो कम्पनीको खुद नोक्सानी गत वर्ष भने बढेको हो ।

गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न पुगेको हो । अघिल्लो वर्ष ३५ करोड ८० लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ५६ करोड २६ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । अघिल्लो वर्ष ४३ करोड ६६७ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले गत वर्ष ७४ करोड ७२ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको छ ।

Advertisement:

Ad
Ad

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५९ करोड ३० लाख रूपैयाँ छ । रिटर्न अर्निग ४४ करोड ६७ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको अन्य जगेडामा भने १३ लाख ५८ हजार रूपैयाँ कायम छ । चौथो त्रैमाससम्म १० रूपैयाँ ५४ पैसा प्रतिशेयर नोक्सानीमा रहेको यो कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७२ रूपैयाँ ४ पैसा छ ।