गगनसँग हारेका श्यामकृष्णले यसरी दिए सौहार्दपूर्ण बधाई

२०८३ असोज २४ गते

गगनसँग हारेका श्यामकृष्णले यसरी दिए सौहार्दपूर्ण बधाई

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पराजित श्यामकृष्ण खड्गीले नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गरेर अघि बढ्न आग्रह गरेका छन् ।

 

Advertisement:

Ad

खड्गीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत थापालाई बधाई दिँदै फरक मत राख्ने नेता तथा कार्यकर्तालाई समेत समेटेर अघि बढ्न सुझाव दिएका हुन् ।

 

उनले निर्वाचनको परिणामलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै प्रतिस्पर्धा पदका लागि भए पनि सम्बन्ध तोड्नका लागि नभएको बताएका छन् । विशेष तथा नियमित महाधिवेशनका क्रममा देखिएका असमझदारी अन्त्य गरी सबैलाई पार्टीमा अपनत्व महसुस गराउनु नेतृत्वको प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ ।

 

‘नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र होइन, फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुन्छ,’ खड्गीले लेखेका छन् ।