२०८१ वैशाख ०२ गते
काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । सभाले चुक्ता पूँजीको २४.७४ प्रतिशतका दरले हुन आउने नगद लाभांश र १०.२६ प्रतिशतका दरले हुने बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले होटल हैरिसन प्यालेस, विराटनगर, वैशाख महिना २१ गते बिहान १० बजेका लागि सभा बोलाएको हो । कम्पनीको आर्थिक वर्ष २०७९\०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी लाभांश पारित गर्ने छ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्त गर्न लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कम्पनीले बैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार बैशाख ६ गतेसम्म नेपाल स्टक एक्स्चेन्जमा कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन सक्ने छन् ।
प्रतिक्रिया