सुनको मूल्यमा सामान्य गीरावट, आज कतिमा हुँदैछ कारोबार?

२०८१ माघ १४ गते

सुनको मूल्यमा सामान्य गीरावट, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement:

Ad
Ad

त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा किनबेच भएको थियो ।