सुनको मूल्य एकै दिन १५ सयले बढ्यो, कतिमा हुँदैछ आज कारोबार?

२०८१ मंसिर ०७ गते

सुनको मूल्य एकै दिन १५ सयले बढ्यो, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौँ।  आज लगातार पाँचौ दिन पनि सुनको मूल्यमा भारी वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement:

Ad
Ad

शुक्रबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।