सुनको भाउमा लगातार बृद्धि, आज कति पुग्यो मूल्य ?

२०८१ माघ २३ गते

सुनको भाउमा लगातार बृद्धि, आज कति पुग्यो मूल्य ?

काठमाडौ । बुधबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ ।मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो ।

Advertisement:

Ad
Ad