शेयरबजारमैत्री भनिएका विष्णु पौडेल अर्थमन्त्री भएकै दिन शेयर बजार दोहोरो अंकले घट्यो

२०८१ असार ३१ गते

शेयरबजारमैत्री भनिएका विष्णु पौडेल अर्थमन्त्री भएकै दिन शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं। निजी क्षेत्र र पुँजीबजारमैत्री मानिँदै मानिएका अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेकै दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। यसअघि सरकार फेरबदलका क्रममा अर्थमन्त्रीमा शेयरबजार मैत्री विष्णु पौडेल आउने भन्ने भेय पाएदेखि बढेको बजार उल्टो विष्णु पौडेलनै अर्थमन्त्री बनेर पदभार ग्रहण गरेकै दिन शेयर बजार राताम्मे भएको छ । यसले अर्थमन्त्रीलाई नामले मात्र केही हुँदैन काम गर्नुपर्छ है भन्ने झट्का दिएको छ ।

असार १७ यता एक बाहेक सबै कारोबार दिन बढेको सेयर बजारमा सोमबार भने गिरावट आएको छ। सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.१८ अंकले घटेर २२४०.४१ को बिन्दुमा सीमित भएको छ। कांग्रेस र एमालेले मिलेर सरकार बनाउने चर्चापछि लगातार बढेको बजार असार २४ मा ४.६२ अंकले घट्नुबाहेक अन्य सबै दिन बढ्दै आएको थियो।

Advertisement:

Ad
Ad

असार १६ मा २०३७.०९ बिन्दुमा रहेको नेप्से असार ३० सम्ममा आइपुग्दा २२०.५ अंकले उकालो लागेर २२५७.५९ को बिन्दुमा बन्द भएको थियो। साथै, आइतबार नेप्सेले २५ महिना यताकै उच्च अर्थात् २२९०.९५ बिन्दु पनि छोएको थियो।