शेयरबजारमा फेरी दोहोरो अङ्कको गिरावट, दुई कम्पनीको शेयर सर्किट लेभलमा कारोबार

२०८१ माघ २८ गते

शेयरबजारमा फेरी दोहोरो अङ्कको गिरावट, दुई कम्पनीको शेयर सर्किट लेभलमा कारोबार

काठमाडौँ। यस साताको दोस्रो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक १०.९८ विन्दुले घटेर २६७७.३२ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४० प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका दुई उपसमूहका परिसूचक बढेका छन् भने बाँकि ११ उपसमूहकिआ परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक ०.३५ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक २.०७ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक घटेसंगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन आठ अर्ब ३९ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ७४ हजार आठ सय ६४ पटकको कारोबारमा छ अर्ब ९६ करोड बराबरको किनबेच भएको छ । जसमा ७७ कम्पनीका शेयर बढेका छन् भने १६१ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर स्थिर रहेका छन् ।

सोमबार सर्वाधिक बढ्नेमा न्यादी हाइड्रोपावर र गर्डियन माइक्रो फाइनान्स रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा बोटलर्स नेपाल तराई र उपकार लघुवित्त रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल रिपब्लिक मिडिया रह्यो जसको २४ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सनराइज ब्लुचिप फण्ड रह्यो जसको दश लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ।