सेयर बजारमा छैन उत्साह

२०८१ चैत २८ गते

सेयर बजारमा छैन उत्साह

काठमाडौ । सेयर बजारमा बिहीबार उत्साह देखिएन । लगानीकर्ता उत्साहित नभएको कारोबार सुस्त हुनुले पुष्टि गरेको छ । आज नेप्से सूचक ८.६० अंकले घटेर २६६७.६८ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा केही बृद्धि हो ।

आज ५ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंक, जलविद्युत समुह, लघुवित्त समुह, म्यूचुअल फण्ड लगायतको समुहमा बृद्धि छ भने बाँकी सबै समुह रातम्मे छ । सेयर बजार घट्नुको मूखय कारण निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले लिएको नीतिलाई मानेका लगानीकर्ता अब भने नयाँ गभर्नरको पर्खाईमा छन् ।

Advertisement:

Ad
Ad

कस्तो गभर्नर आउने हो भन्ने निक्र्यौल हुन नसक्दा लगानीकर्ता पनि अनयौलमा रहेको बुझिएको छ । आज ३ सय २१ कम्पनीको १ करोड १३ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । राधि विद्युत कारोबार रकममा अगाडी छ । यसको ३५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।