सेयर बजार घट्नेक्रम जारी

२०८१ फागुन २५ गते

सेयर बजार घट्नेक्रम जारी

काठमाडौ । आइतबार सेयर बजारमा करेक्सन आएको छ । फराकिलो अंकले  घट्दा नेप्से २७ सयको लाइनमा आएको छ । सूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा रोकिएको छ । आज तीन वटा कम्पनीको सयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसदिन १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । यस दिन ३ सय १५ कम्पनीको २ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमकम आधारमा १ अर्ब १२ करोडभन्दा बढीसहित हिमालयन रिइन्सुरेन्स अघि छ ।

Advertisement:

Ad
Ad