२०८१ मंसिर ०७ गते
काठमाडौ । सरकारले पुँजीबजारमा गैरआवासिय नेपालीको लगानी भित्र्याउँन सेयर निष्काशन सम्बन्धी विशेष व्यवस्था गरेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौं संशोधन) निर्देशिका, २०८१ जारी गर्दै नेपाल धितोपत्र बोर्डले संयुक्त लगानीको कम्पनीले कतिसम्म सेयर जारी गर्न पाउँछन र उनीहरुले जारी गरेको सेयर क कसले खरिद गर्न पाउँछन भन्ने व्यवस्था गरेको छ ।
निर्देशिका अनुसार संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले सेयर निष्कासन गर्दा जारी पुँजीको १० प्रतिशत भन्दा कम र ४९ प्रतिशत भन्दा बढी नहुने गरी गैरआवासीय नेपालीको लागि मात्र सेयरको निष्कासन गर्नुपर्ने छ । यस्ता कम्पनीले निष्कासन गर्ने सेयरमा न्यूनतम सीमा १ हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी दरखास्त दिन सकिने व्यवस्था गर्नुपर्नेछ । सेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रति सेयर अंकित मूल्यको शतप्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नु पर्नेछ । दरखास्त खुला रहने अवधि कम्तीमा ४ कार्य दिन हुनेछ ।
निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि सेयरको दरखास्त खुला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ । सेयर कारोबार गर्दा कारोबार इकाई न्यूनतम १ हजार कित्ता हुनेछ । सेयरधनीको हकप्रद सेयरको हक हस्तान्तरण गर्नुपर्ने भएमा गैरआवासीय नेपालीबिच मात्र हक हस्तान्तरण गर्नु पर्नेछ । यस्ता कम्पनीले निष्कासन गरेको सेयर बाडँफाँट भएको मितिले १ वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न पाइने छैन ।
[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2024/11/investment-1.pdf" title="investment"]
प्रतिक्रिया