संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

२०८१ माघ ०७ गते

संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

काठमाडौ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त सिफारिस गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो । सरकारको सिफारिसमा संसद् अधिवेशनको अन्त्य र आह्वान राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

Advertisement:

Ad
Ad