सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगतिप्रति मुख्यमन्त्री सिंहको असन्तुष्टि, रिर्पोट बनाएर प्रधानमन्त्री ओलीलाई बुझाइने

२०८२ साउन १८ गते

सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगतिप्रति मुख्यमन्त्री सिंहको असन्तुष्टि, रिर्पोट बनाएर प्रधानमन्त्री ओलीलाई बुझाइने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको टोलीले खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सनको स्थलगत अनुगमन गरेका छन् ।


मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगती, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले  आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै छलफल समेत गरेका छन् ।
सो क्रममा आयोजनाको सिनियर डिभिजनल ईन्जिनियर अशोस राज गौतमले आयोजनमा बाँकी कामहरुको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।उनले दिएको जानकारी अनुसार एक चरणको टनेल निर्माणको कार्य पूरा भइसकेको छ । तर बाँकी रहेको दुई चरणको कार्यप्रगती जम्मा १० प्रतिशत मात्र रहेको छ । जबकी ठेक्का लागेको ५० प्रतिशत समय बितिसकेको छ । यस अनुसार समयमै आयोजना सम्पन्न हुन नसक्ने उनले बताए ।

Advertisement:

Ad
Ad


अनुगमन पश्चात मुख्यमन्त्री सिंहले मधेश प्रदेशको सिचाईका लागि कोशे ढुंगा साबित हुन सक्ने बताए । उनले सम्पूर्ण कार्यप्रगती असन्तोष जनक रहेको धारणा राखे । अनुगमन पश्चात देखिएको समस्याहरुलाई बुंदागत टिपोट गरी रिर्पोट बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र ध्यानाकर्षणसमेत गराउने बताए ।