सैनिक मुख्यालयमा भेला भएका जेनजीहरु बिच विवाद बढेपछि कुटाकुट

२०८२ भदौ २६ गते

सैनिक मुख्यालयमा भेला भएका जेनजीहरु बिच विवाद बढेपछि कुटाकुट

काठमाडौ । पछिल्लो समय जेनजीहरुबिच नै लफडा देखिएको छ । सैनिक मूख्यालयमा भेला भएका जेनजीविच कुटाकुट भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा जेनजीका समहहरु विच नै एकमत देखिएको छैन ।

समूह समूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडाको स्थिती सृजना भएको हो ।  अहिले समाजिक सञ्जालमा फरक फरक समुहका जेनजीले आ आफ्ना विज्ञप्तिहरु सार्वजनिक गरिरहेका छन् । कसैले शुसिला कार्कीको नाम लिएका छन भने कसैले हर्क साम्पाङको नाम लिएर उनीहरुलाई नै अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाउँनु पर्ने माग गरेका छन् । अर्कोतर्फ कुलमान घिसिङको नाम पनि जेनजीहरुले लिइरहेका छन् ।

Advertisement:

Ad
Ad

जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश अहिले सरकार विहिन छ । आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था छ । अझै पनि अन्तरिम मन्त्रिपरिषद् बनाउँनै सकस देखिएको छ ।