सामाजिक सञ्जाल बन्दप्रति मानवअधिकार आयोगको ध्यानाकर्षण,  बन्द गर्ने निर्णय सरकारले तत्काल पुर्नविचार गर्नुपर्ने माग

२०८२ भदौ २० गते

सामाजिक सञ्जाल बन्दप्रति मानवअधिकार आयोगको ध्यानाकर्षण,  बन्द गर्ने निर्णय सरकारले तत्काल पुर्नविचार गर्नुपर्ने माग

काठमाडौ ।  सामाजिक सञ्जाल बन्द भएपछि यस विषयमा मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । सरकालाई आफ्नो निर्णय पुर्नविचार गर्न पनि आयोगले भनेको छ ।

आयोगले सामाजिक सञ्जाल बन्द हुँदा नागरिकको स्वतन्त्र अभिव्यक्ति र सूचना पाउने अधिकार कुण्ठित हुने भन्दै उक्त निर्णय तत्काल पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

Advertisement:

Ad
Ad

आयोगले शुक्रबार एक  विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले आम नागरिकको जीवनशैली, व्यवसाय, सञ्चार र मानव अधिकारमा प्रतिकूल असर पर्ने उल्लेख गरेको छ ।  सरकारको यस्तो कदम लोकतान्त्रिक शासन प्रणालीसँग असंगत हुने आयोगको भनाई छ । 

विज्ञप्तिमा भनिएको छ, कुनै पनि सेवाप्रदायकलाई सञ्चालन गर्नुपूर्व अनुमति लिनुपर्ने, दर्ता गर्नुपर्ने वा नियमन गर्ने सरकारको कर्तव्य भए पनि लामो समयसम्म पूर्णरूपमा सामाजिक सञ्जाल बन्द गर्नु उचित हुदैन। अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेकोले  सरकारले वैकल्पिक उपाय खोज्नुपर्छ ।