सहकारीमा एउटा व्यक्तिले ५० लाख रुपैयाँ भन्दा बढी राख्न नपाउँने गरी राष्ट्रपतिद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी

२०८१ पुस १४ गते

सहकारीमा एउटा व्यक्तिले ५० लाख रुपैयाँ भन्दा बढी राख्न नपाउँने गरी राष्ट्रपतिद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौ । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन्।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। यो अध्यादेश जारी भएसँगै अब सहकारीमा कुनैपनि व्यक्तिले ५० लाख भन्दा बढी रकम जम्मा गर्न पाउने छैन।एक जिल्ला भन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा २५ लाखको सीमा निर्धारण गरेको छ।

Advertisement:

Ad
Ad