रूस–युक्रेन द्वन्द्वको रणनीतिक मोडः पूर्वाधारदेखि ऊर्जापूर्वाधारमा ठुला आक्रमण

२०८२ भदौ २३ गते

रूस–युक्रेन द्वन्द्वको रणनीतिक मोडः पूर्वाधारदेखि ऊर्जापूर्वाधारमा ठुला आक्रमण

काठमाडौं रूस युक्रेनबीच जारी युद्धमा दुबै पक्षले द्वन्द्वको रणनीतिलाई नयाँ मोड दिएका छन् रूसले युक्रेनका विभिन्न सैन्य पूर्वाधार औद्योगिक लक्ष्यहरूमा ठूला आक्रमण गरेको घोषणा गरेको भने युक्रेनले प्रतिकारस्वरूप रूसको महत्वपूर्ण तेल पूर्वाधारलाई ड्रोनमार्फत प्रहार गरेको दाबी गरेको

रूसी रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा डिनिप्रोपेट्रोभस्क क्षेत्रमा पर्ने खरोशेये बस्तीमाथि नियन्त्रण स्थापित गरिएको दाबी गरिएको त्यस्तै, रूसले उच्चप्रशिक्षित क्षेप्यास्त्र ड्रोनमार्फत राजधानी किभको पश्चिमी किनारमा रहेको किभ६७ औद्योगिक उद्यम दक्षिणी किनारमा रहेको रसद आधारलाई ठूला आक्रमण गरेको जनाएको

Advertisement:

Ad
Ad

रूसी पक्षले किभभित्र अन्य नागरिक संरचनामा आक्रमण नगरेको भनाइ दोहोर्याएको तर, युक्रेनी वायुसेनाले भने शनिबार रातिदेखि सोमबार बिहानसम्म रूसले ठूलो मात्रामा क्षेप्यास्त्र ड्रोन आक्रमण गरेको यस क्रममा युद्ध सुरु भएयता पहिलो पटक राजधानी किभस्थित सरकारी भवन नै प्रहारमा परेको जनाएको

युक्रेनको प्रतिकार पाइपलाइन रिफाइनरीमा आक्रमण

युक्रेनी सेनाको जनरल स्टाफले ब्रायान्स्क क्षेत्रमा रहेको एक तेल पाइपलाइनमा ड्रोन आक्रमण गरी आगलागी भएको दाबी गरेको उक्त पाइपलाइन हंगेरी स्लोभाकियामा तेल आपूर्ति गर्ने मुख्य माध्यम भएकाले यस घटनाले यूरोपियन ऊर्जा सुरक्षाबारे प्रश्न उठाएको यद्यपि दुवै देशले तेल आपूर्ति प्रभावित नभएको स्पष्ट पारेका छन् राजधानी किभ औद्योगिक पूर्वाधारलाई लक्षित गर्नु, युद्धलाई केवल सीमित क्षेत्रसम्म सीमित नराखी सम्पूर्ण ऊर्जा आपूर्ति प्रणालीमै दबाब सिर्जना गर्ने योजना संकेत गर्छ पाइपलाइन रिफाइनरीजस्ता तेल पूर्वाधारमाथि आक्रमण, रूसको ऊर्जा निर्यातमा अवरोध पु¥याउने प्रयास हो यसले युरोपेली देशहरूलाई समेत अप्रत्यक्ष दबाबमा पार्ने उद्देश्य बोकेको देखिन्छ

पाइपलाइन तेल आपूर्ति प्रणालीमाथि आक्रमणले ऊर्जा बजार अस्थिर बनाउन सक्छ विशेषगरी हंगेरी स्लोभाकिया जस्ता देशहरू रूससँग प्रत्यक्ष आपूर्ति निर्भर रहँदै आएका छन्