रित्तो गाग्री बोकेर प्रधानमन्त्री भेट्न पुगेका हर्कलाई प्रधानमन्त्रीले भेट दिएनन्, प्रहरीले गर्यो गाग्री जफत

२०८१ माघ ०८ गते

रित्तो गाग्री बोकेर प्रधानमन्त्री भेट्न पुगेका हर्कलाई प्रधानमन्त्रीले भेट दिएनन्, प्रहरीले गर्यो गाग्री जफत

काठमाडौँ । धरानको खानेपानीको समस्या सुनाउन भन्दै प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका धरानका मेयर हर्क साम्पाङ प्रधानमन्त्री नभेटि फर्किएका छन् । रित्तो गाग्री बोकेर प्रधानमन्त्री कार्यालय पुगेका उनलाई प्रधानमन्त्रीको कार्यालयले १ घण्टा बढी कुराएर भेट्न नदिएपछि अर्थमन्त्री र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर फर्किएका हुन् । खानेपानीको समस्याबारे ध्यानाकर्षण प्रधानमन्त्रीलाई गराउन भन्दै सोमबार मेयर साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए । प्रहरीले उनको हातमा बोकेको रित्तो गाग्री जफत गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली आज आयोजित सगरमाथा सम्वादमा व्यस्त भएकाले हकलाई समय दिन भ्याएनन् । प्रधानमन्त्रीसँग भेट नपाएपछि साम्पाङ अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय पनि पुगे । हर्कसँगको भेटमा खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो तर्फबाट धरानको खानेपानीको समस्या हल गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् ।

Advertisement:

Ad
Ad