राजावादीको आन्दोलन सुरु नहुँदै तुहियो : एमाले नेता बस्नेत

२०८१ चैत १५ गते

राजावादीको आन्दोलन सुरु नहुँदै तुहियो : एमाले नेता बस्नेत

काठमाडौँ । एमाले नेता महेश बस्नेतले राजावादीको आन्दोलन सुरु नहुँदै तुहिएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित राजा समर्थकहरुको प्रदर्शन मुठभेटमा परिणत भएपछि प्रहरीले आन्दोलन दबाउन अश्रुग्याँस र गोली बर्साएको थियो । त्यसपछि प्रदर्शनकारीहरु केही बेर तितरवितर भएका थिए ।

उक्त घटनापछि नेता बस्नेतले सामाजिक सञ्जालमा राजावादीहरुको आन्दोलन कमजोर रहेको र नेतृत्व नै भागेको आरोप लगाएका छन् । एमाले नेता महेश बस्नेत र राजा समर्थक दुर्गा प्रसाइँ लामो समयदेखि एकबीच अर्का आरोप प्रत्यारोपमा उत्रिरहेका छन् ।

Advertisement:

Ad
Ad