राजासँग किन डराए दलहरु ?

२०८१ फागुन २५ गते

राजासँग किन डराए दलहरु ?

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साताको बसाइँपछि काठमाडौं फर्किंदै छन् । राजावादी दलहरुले राजाको स्वागत गरिरहेका बेला यता नेपालका प्रमुख राजनीतिक दलहरु भने शशंकित बनेका छन् । पूर्वराजा ज्ञानेन्द्रको सानो अभिव्यक्ति पनि दलहरुको प्रतिकारको विषय बन्छ । दलका नेताहरु हरेक भाषणको अधिकांश समय राजाको आलोचना गरेर बिताउँछन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई सम्बोधन गर्नेक्रममा राजावादीले अराजकता मच्चाएर राष्ट्रिय एकतामा भाँजो हाल्न खोजेको आरोप लगाएका थिए । उता तराई–मधेश जागरण अभियानका क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि उदारतालाई राजाले कमजोरी ठानेको हो भने पार्टी खोलेर चुनाव लड्न चुनौती दिए । शेर बहादुर देउवा देखि रमेश लेखकसम्मले पूर्वराजाको विरोधमा अभिव्यक्ति दिए । उनीहरुको अभिव्यक्तिमा दलहरु पछिल्लो समय पूर्व राजाप्रति शशंकित बनेको स्पष्ट देखिन्थ्यो ।

Advertisement:

Ad
Ad

अहिले राजाको आगमनमा तर्सिएको सरकारले काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखेकोे छ ।

तिनकुने, बत्तिसपुतली, गौशला, एयरपोर्ट वरपर राजावादीहरुको भिड लागेको छ । हजारौ समर्थकहरुको भिडले सवारी आवागमन प्रभावित बनेको छ । विभिन्न व्यक्तिहरुले सरकार राजासँग तर्सिएको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएका छन् । पूर्व सचिव भिम उपाध्यायले लेख्छन, ‘मियो बिनाको दाईँ र अभिभावक बिनाको परिवार कस्तो हुन्छ? देशमा न मियो छ न अभिभावक, सबै आआफै राजैराजा छन । ’

स्तम्भकार दिल निसानी मगरले पनि हिजो जनता मूर्ति चोर्नेहरूसँग रिसाएको र आज जनता पशुपतिनाथको जलहरी गायब पार्नेहरूसँग रिसाएको बताउँदै लेख्छन्, ‘हिजो ज्ञानेन्द्र शाहलाई गैँडाको खाक बेचेको आरोप लगाउनेहरूले पनि आज क्विन्टलका क्विन्टल सुन तस्करी गरेको जनताले देखेका छन्। जनताले यो पनि देखेका छन। बर्दी लगाएको प्रहरी कुट्न पारस शाह नै हुनु पर्दैन रहेछ ।’

राजतन्त्रको पुर्नबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् ।ज्ञानेन्द्र शाह ३ बजे काठमाडौ प्रवेश गर्ने कार्यक्रम रहेको छ ।