राधी विद्युत कम्पनीले सेयरधनीलाई कति दिदैछ लाभांश ?

२०८१ मंसिर २७ गते

राधी विद्युत कम्पनीले सेयरधनीलाई कति दिदैछ लाभांश ?

काठमाडौ । राधी विद्युत कम्पनीले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १ः ०.६९८९ अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ । कम्पनीले घोषणा गरेको लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा र लाभांश प्रयोजनको लागि कम्पनीले पुस ४ गते बुक क्लोज गर्ने जनाएको छ । पुस ३ गतेसम्म यस कम्पनीको सेयर खरिद गर्नेले लाभांश पाउने छन् ।

 

Advertisement:

Ad
Ad