पोखरा स्कुल बस दुर्घटना : आमा र छोराको मृत्यु,२८ विद्यार्थीको उपचार हुँदै

२०८१ साउन १४ गते

पोखरा स्कुल बस दुर्घटना : आमा र छोराको मृत्यु,२८ विद्यार्थीको उपचार हुँदै

पोखरा । पोखरा महानगरपालिका-२१ छरछरेमा सोमबार स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकी आरती विकका ६ वर्षिय छोरा प्रिन्स विकको पनि मृत्यु भएको छ । विद्यालयको यूकेजीमा अध्ययनरत प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

विद्यार्थी लिएर फर्कंदै गरेको पोखरा-१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३५ वर्षीया आरती विकको मृत्यु र २९ जना घाइते भएका छन् ।

Advertisement:

Ad
Ad

बसमा चालक, २८ विद्यार्थी र एक कर्मचारी सवार थिए । रामदीबाट विरौटा फर्कने क्रममा बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो ।

घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।