फागुन १० गतेदेखि शुरु हुने स्वयम्भू महोत्सवको उद्घाटन बालेन शाहले गर्ने

२०८१ फागुन ०८ गते

फागुन १० गतेदेखि शुरु हुने स्वयम्भू महोत्सवको उद्घाटन बालेन शाहले गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १५ ले फागुन १० गते देखि १७ गतेसम्म स्वयम्भू महोत्सव आयोजना गर्दैछ । उक्त महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्ने भएका छन् । कार्यक्रम स्वयम्भू भगवानपाउस्थित भुइँखेलमा हुँदैछ ।

कार्यक्रम १० बजेदेखि शान्ती र्याली हुँदै १ बजे उद्घाटन हुने वडा कार्यालयले जनाएको छ । कार्यक्रममा सम्पूर्ण नागरिकलाई उपस्थित भएर उल्लासमय बनाउन वडा कार्यालयको अपिल छ ।

Advertisement:

Ad
Ad