पशुपतिमा देखिएको विचित्रको दृश्य : कतै जोगीहरुकै कुटाकुट त कतै दोहोरीको भीडन्त

२०८१ फागुन १४ गते

पशुपतिमा देखिएको विचित्रको दृश्य : कतै जोगीहरुकै कुटाकुट त कतै दोहोरीको भीडन्त

काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मध्येको एक महाशिवरात्रीमा पशुपतिमा विविध दृश्यहरु देखिएका छन् । कतै साधुसन्तहरु कुटाकुट गरिरहेका देखिन्छन् भने कतै दोहोरीमा भीडन्त परेको देखिएको छ ।

Advertisement:

Ad
Ad

दृश्यहरु रोचकलाग्दा छन् । पशुपतिमा दर्शन गर्न पुगेका कतिपय त टीकटक बनाउने धुनमा दायाँबायाँ नहेरी छमछमी नाचिरहेका देखिन्छन् भने कतै गाँजा भाङको नशामा लठ्ठिएका बाबाहरु ।

अझ हेलिकप्टरबाट पशुपतिनाथलाई फनफनी फन्को लगाएर पुष्पबृष्टि गरेको दृश्य निकै रमाइलो देखिन्छ । हेलिकप्टरबाट खसालिएको पुष्प गुच्छा भुइँमा टिप्न तँछाडमछाड गर्नेको भीडले झन् उल्लासमय बनाइदिन्छ पशुपति परिसर ।

त्यसो त शिवरात्रिमा पशुपतिनाथमा साधु–सन्तको महाउत्सव नै हुने गर्दछ । पशुपति विकास कोषले नै भारतका विभिन्न स्थानबाट बाबा साधु सन्तहरुलाई निमन्त्रणानै दिएर बोलाउने गर्दछ । तर शिवरात्रिमा पशुपति परिसरमा कतिपय साधुहरु भने अराजक देखिएका छन् । पैसाको निहुँमा बाबाहरु झैझगडा कुटाकुटसम्म गरेको देखिएको छ ।

मन्दिर पुगेका भक्तजनहरुलाई जथाभावी टीका लगाउँदै पैसा मागेर हैरानी बनाएको दर्शनार्थीहरुले गुनासो गरेका छन् । उता अधबैंशे पुरुष र महिलाका समूह ठाडे लोक भाकाको दोहोरीमा घम्साघम्सी परेको दृश्य पनि कम्ता रोचक देखिँदैन ।

पशुपति भित्र प्रवेश गर्न नपाएका र लाइन बस्न नसकेकाहरु आआफ्नै पारामा रमाइलोमा मस्त देखिन्थे ।