प्रत्यक्ष निर्वाचन हुनुपर्ने देखि सरकारमा पुराना दललाई नराख्नेसम्मका माग राखेर 'जेनजी' ले वार्ताका लागि तयार पारे ड्राफ्ट

२०८२ भदौ २५ गते

प्रत्यक्ष निर्वाचन हुनुपर्ने देखि सरकारमा पुराना दललाई नराख्नेसम्मका माग राखेर 'जेनजी' ले वार्ताका लागि तयार पारे ड्राफ्ट

काठमाडौ । जेनजीले वार्ता गर्न विभिन्न माग अघि सारेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान गरेपछि जेनजीले आफ्ना माग अघि सारेर वार्तामा वस्न तयार भएको हो ।

 विगत तीन दशकमा लुटिएको सम्पति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण तत्काल गर्नुपर्ने माग गरेका छन् । यस्तै शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा र सञ्चारजस्ता पाँचवटा मूलभूत संस्थाको संरचनागत सुधार र पुनगठन गर्नुपर्ने माग अघि सारिएको छ भने अन्तरिम अवधि सकिएपछि प्रत्यक्ष जनसहभागिाको निर्वाचनको माग गरेका छन् ।

Advertisement:

Ad
Ad

जेनजी पूस्ताको नेतृत्वमा गठन हुने सरकारमा पुराना दलहरुको प्रवाभ नभई स्वतन्त्र हुनुपर्ने माग गरेका छन् ।