पाँच अर्ब लगानीमा कैलालीमा ३.१ किलोमिटर लामो जालपादेवी केबलकार बन्ने

२०८१ पुस १४ गते

पाँच अर्ब लगानीमा कैलालीमा ३.१ किलोमिटर लामो जालपादेवी केबलकार बन्ने

कैलाली । कैलालीको लम्किचुहा चिसापानीमा ३.१ किलोमिटर लामो जालपादेवी केबलकारको शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले शनिबार केबलकारको शिलान्यास गरेकी हुन् । । शिलान्यासपछि राणाले केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गरिन् । जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन्।

त्यसैगरी जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताए । ढकालले पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिने बताएका छन् । गुणस्तरीय पूर्वाधारको लगानीले मात्र पर्यटकको बसाई लम्बाउन सकिने र थप विदेशी मुद्रा आर्जन गर्न सकिने उनको भनाई थियो ।

Advertisement:

Ad
Ad

लम्की चुहाँ नगरपालिका वडा-३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कुल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।