ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन खुला

२०८१ फागुन २७ गते

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौँ। ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज २७ फागुनदेखि सर्वसाधारणलाई आईपीओ  बिक्री खुला गरेको छ।  यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको थियो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आइपिओमा आवेदन दिने अन्तिम मिति चैत ३ गतेसम्म रहेको छ भने पर्याप्त आवेदन नआएमा चैत १२ गते आवेदन दिने मिति लम्बिनेछ।

Advertisement:

Ad
Ad

कम्पनीले जम्मा चुक्ता पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । जसको १० प्रतिशतले अर्थात १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ।