निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु

२०८१ असार २१ गते

निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु

काठमाडौं। फलामे रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको छ। धनकुटाको साँगुरी गढी गाउँपालिका–३ मा रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको हो।

रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ४० वर्षीय मदन मगरको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement:

Ad
Ad