नेप्सेमा एकल अंकको सुधार, कारोबार रकम पनि बढ्यो

२०८१ जेठ २२ गते

नेप्सेमा एकल अंकको सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक एकल अंकले बढेको छ । यस दिन नेप्से ६.२२ अंकले बढेर २०८५.३० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२९ प्रतिशतले बढेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य दश वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य तिन उपसमूहको परिसूचक घटेका छन् । मंगलबार सर्वाधिक बढ्ने उपसमूहमा व्यापार रह्यो जसको परिसूचक २.७० प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक ०.६८ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१५ वटा स्टकको ५३ हजार ९ सय ९९ पटकको कारोबारमा ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको ८३ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १२५ वटा कम्पनी बढेका छन् भने ११४ वटा कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा ग्लोबल आइएमइ लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा बुद्धभुमि नेपाल हाइड्रोपावर रह्यो जसको शेयरमा ५.५१ प्रतिशतको गिरावट आएको छ।

मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडीबी हाइड्रोपावर डेवलपमेन्ट कम्पनी लिमिटेड रह्यो जसको २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा निफ्राको प्रमोटर शेयर रह्यो जसको ३ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ ।