नेप्सेको सीईओका लागि थपियो आवेदन दिने समय

२०८१ फागुन १८ गते

नेप्सेको सीईओका लागि थपियो आवेदन दिने समय

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदनको समय थप गरिएको छ ।

नेप्सेमा सीईओ पदपूर्ती समितिका लागि गठित सिफारिस समितिले सीईओका लागि आवेदन दिन समय ७ दिनका लागि थपेको जनाएको छ ।

Advertisement:

Ad
Ad

सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि २०८१ फागुन १२ गते सूचना प्रकाशन गरेका थिए । सीईओका लागि आवेदन दिन दिइएको समयमा तीन दिन सार्वजिनक बिदा परेका कारण सम्पूर्ण ईच्छुक व्यक्तिहरुलाई आवेदन दिन पर्याप्त समय नपुुगेको भन्दै फागुन २५ गतेसम्म आवेदन दिने अवधि तोकेको हो ।

सीईओ बन्न इच्छुक नेपालीले फागुन २५ गते आइतबार भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्ने नेप्सेले जनाएको छ ।