नेप्सेको सीईओ नियुक्तिका लागि तीन सदस्यीय समिति गठन

२०८१ फागुन ११ गते

नेप्सेको सीईओ नियुक्तिका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार उक्त समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल छन् ।

Advertisement:

Ad
Ad