२०८१ मंसिर २१ गते
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले जित निकालेको छ। शुक्रबार भएको खेलमा लुम्बिनीलाई १० विकेटले हराउदै पोखराले पहिलो जित निकालेको हो। शुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको उक्त लक्ष्य पुरा गरेको थियो। पोखराका ओपनर आन्द्रेस गौस सबैभन्दा धेरै १०४ र दिनेश खरेलले ६१ रन बनाएका थिए। लुम्बिनीको यो दोस्रो हार हो । यसअघि पनि विराटनगरसँग पराजित भएको थियो ।
प्रतिक्रिया