नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खाने अवसर, हेरौँ सूचना

२०८१ फागुन ०२ गते

नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खाने अवसर, हेरौँ सूचना

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करार नियुक्तिसम्बन्धी सूचना जारी गरेको छ। प्राधिकरणले प्राविधिक समूह (ए.ट्रा.स.) अन्तर्गत सातौँ तहको वरिष्ठ अधिकृत पदका लागि २५ कर्मचारी माग गरेको छ।

स्थायी पदपूर्ति भएमा स्वतः हट्ने शर्तसहित, नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा तथा सर्त नियमावली, २०५६ अनुसार बढीमा एक वर्षका लागि करार नियुक्ति दिइने छ।

Advertisement:

Ad
Ad

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाइएको छ।