नेपाल लाइफ इन्स्योरेन्सले कति दिँदैछ लाभांश ?

२०८१ जेठ २० गते

नेपाल लाइफ इन्स्योरेन्सले कति दिँदैछ लाभांश ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरको छ ।

कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २१ दशमलव ०५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्र शेयरधनीमा वितरण हुनेछ ।