२०८३ असोज २२ गते
काठमाडौं । बिहीबार नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५७४.६५ विन्दुमा पुगेको छ। बुधबार सामान्य अंक घटेको बजार यस दिन भने झिनो अंकले सकारात्मक बनेको हो।
यस दिन ३५४ कम्पनीका १ करोड १२ लाख ३३ हजार कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका छन्। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किटमा पुगेको छ। त्यस्तै, स्नो रिभर्सको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर २६ करोड ६ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ।
१३ उपसमूहमध्ये ८ उपसमूह बढ्दा ५ उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत, लगानीलगायतका उपसमूह सामान्य बढेका छन्।
प्रतिक्रिया