निजामती विधेयकमा कुलिङ पिरियड छेडखानीको आरोप लागेका रामहरी खतिवडा संयुक्त समितिको सभापतिमा निर्विरोध चयन

२०८२ भदौ २० गते

निजामती विधेयकमा कुलिङ पिरियड छेडखानीको आरोप लागेका रामहरी खतिवडा संयुक्त समितिको सभापतिमा निर्विरोध चयन

काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।


समितिको शुक्रबार साँझ बसेको बैठकमा समितिमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले खतिवडा निर्विरोध सभापति चयन भएको घोषणा गरेका हुन् ।उनले भने, ‘संसदीय सुनुवाइ संयुक्त समितिको रिक्त सभापति पदमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’

Advertisement:

Ad
Ad


सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।


बर्तौलाले भने, ‘संसदीय सुनुवाइ संयुक्त समितिको रिक्त रहेको सभापतिको पदमा निर्वाचन तालिका बमोजिम नयाँ सभापति चयनको प्रक्रिया अगाडि बढेको छ । प्रक्रिया अनुसार मनोनयनको विषय हामीले सम्पन्न गरिसकेका छौ । मान्य श्यामकुमार घिमिरेले प्रस्ताव गर्नु भएको छ । यस सन्दर्भमा मेरो समर्थन राख्न चाहन्छु । रामहरि खतिवडालाई संसदीय सुनुवाइ संयुक्त समितिको सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको म समर्थन गर्दछु ।’


निजामती विधेयकमा भएको कुलिङ पिरियड छेडखानीमा नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिएका थिए