नागरिक उड्ययन प्राधिकरण २७औँ वर्षमा प्रवेश

२०८१ पुस १६ गते

नागरिक उड्ययन प्राधिकरण  २७औँ वर्षमा प्रवेश

काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरण क्यान २७औँ वर्षमा प्रवेश गरेको छ । क्यानले आज सिनामंगलस्थित कार्यालयमा विविध कार्यक्रम गरी वार्षिकोत्सव   मनाउन लागेको छ । वायु सेवा कम्पनीहरुको नियामक निकाय क्यान वि सं २०५४ साल पुष १६  मा स्थापना भएको हो । क्यानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेर  आफ्नो काम गर्दै आएको छ ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा छुट्याउने भनेर लामो समयदेखि चर्चा चलेपनि हालसम्म क्यान टुक्रिन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार तत्कालिन हवाई विभाग खारेज भई नेपाल सरकारको पूर्ण स्वामित्व भएको एक स्वशासित स‌ंस्था हो।

Advertisement:

Ad
Ad

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको नियमन गर्छ । साथमा देशभरका विमानस्थल पनि सञ्चालन गर्छ र नियमन गर्छ । त्यसकारण नेपालको हवाई कानून सम्बन्धमा अन्तर्राष्ट्रिय नियमनकारी निकायले प्रश्न उठाइरहेका छन् ।

प्राधिकरणले अनुमति, लाइसेन्स वितरण, कानून पालना भए नभएको अनुगमनजस्ता नियमनको काम गर्नेछ ।