मुद्दै मुद्दाले जेलिए रवि, फेरी लामिछानेसहित ४२ जनाविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पनि मुद्दा दायर

२०८१ माघ ०६ गते

मुद्दै मुद्दाले जेलिए रवि, फेरी लामिछानेसहित ४२ जनाविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पनि मुद्दा दायर

काठमाडौ । सरहकारी ठगी प्रकरणमा लामो समयदेखि विभिन्न ठाउँबाट मुद्दा खेपेका रवि लामिछाले विरुद्ध सुप्रिम सहकारी ठगीको आरोपमा अर्को मुद्दा दर्ता भएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा विसहित ४२ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। अनुसन्धानका क्रममा लामिछानेको नाममा गएको २ करोड रुपैयाँको भौचर समेत बरामद भएको छ । लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। पोखरामा लामिछाने माथि सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा छ ।

Advertisement:

Ad
Ad