महाशिवरात्रीका लागि बेहुलीझै सिंगारिदै पशुपतिनाथ (फोटोफिचर)

२०८१ फागुन ०८ गते

महाशिवरात्रीका लागि बेहुलीझै सिंगारिदै पशुपतिनाथ (फोटोफिचर)

काठमाडौ । महाशिवरात्री–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन भइरहेको छ । महाशिवरात्री फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ।

महाशिवरात्रिमा पशुपतिनाथमा भारतबाट साधु सन्त आउने गरेका छन् ।उनीहरुलाई बाटो खर्च सहित विदा गर्ने परम्परा रहिआएको छ।  प्रत्येक वर्ष महाशिवरात्रिका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् ।

Advertisement:

Ad
Ad