महानिर्देशक पदका लागि नागरिक उड्डयन प्राधिकरणमा २१ जनाले दिए आवेदन

२०८३ वैशाख २१ गते

महानिर्देशक पदका लागि नागरिक उड्डयन प्राधिकरणमा २१ जनाले दिए आवेदन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाको  आवेदन परेको छ ।

सात दिनको समय दिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणको महानिर्देशक पदपूर्ति गर्न योग्यता पुगेका नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा रहेका इच्छुक उम्मेदवारहरूबाट आवेदन दिन सार्वजनिक सूचना जारी गरेको थियो ।जसअनुसार सोमबारसम्ममा महानिर्देशक पदका लागि कुल २१ जनाले आवेदन दिएका हुन् ।

Advertisement:

Ad
Ad


बालेन सरकारले पूर्ववत सरकारले गरेको नियुक्ति बदर गर्दै खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाएको छ ।