माउन्टेन इनर्जीको आकर्षक लाभांश घोषणा

२०८१ मंसिर १८ गते

माउन्टेन इनर्जीको आकर्षक लाभांश घोषणा

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ८०/८१को मुनाफबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभांश वितरण गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १० गतेसम्मका शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीको लाभांश पाउने छन् ।

Advertisement:

Ad
Ad