लुकेर अमेरिकामा बसेका ८ नेपालीलाई अमेरिकाले जहाज चार्टर्ड गरी त्रिभुवन विमानस्थलमा ओराल्यो

२०८१ फागुन २१ गते

लुकेर अमेरिकामा बसेका ८ नेपालीलाई अमेरिकाले जहाज चार्टर्ड गरी त्रिभुवन विमानस्थलमा ओराल्यो

काठमाडौं । कागजपत्र बिहीन भएर अमेरिकामा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ ।

८ जना नेपालीलाई अमेरिकाले बुधबार बिहानै काठमाडौं ल्याएर छोडिदिएको हो । अमेरिकाले काठमाडौं ल्याएर छाडेकाहरुमा एक महिला र सात पुरुष छन् ।

Advertisement:

Ad
Ad

ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो । अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ ।

यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।