२०८१ फागुन १९ गते
काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.६२ विन्दुले घटेर २८७६.६६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४७ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका पाँच उपसमूहका परिसूचक बढेका छन् भने बाँकि आठ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक १.६८ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक १.८८ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ। यो विगत छ महिना यताकै उच्च हो । अघिल्लो कारोबार दिन १४ अर्ब २५ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०० पटकको कारोबारमा १४ अर्ब २८ करोड बराबरको किनबेच भएको छ । जसमा ५१ कम्पनीका शेयर बढेका छन् भने १८७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर स्थिर रहेका छन् ।
सोमबार सर्वाधिक बढ्ने स्टकमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा समाज लघुवित्त रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको एक अर्ब ३८ करोड बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा एचआइडिसीएलको प्रमोटर शेयर रह्यो जसको १७ लाख ७१ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया