भित्री बस्त्रमा कोकिन लुकाएको अवस्थामा त्रिभुवन विमानस्थलबाट एक महिला पक्राउ

२०८२ साउन २३ गते

भित्री बस्त्रमा कोकिन लुकाएको अवस्थामा त्रिभुवन विमानस्थलबाट एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिला कोकिनसहित पक्राउ परेकी छन्।पक्राउ परेकी महिला ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेराले भित्री बस्त्र ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

 

Advertisement:

Ad
Ad

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनले ब्राजिलबाट दोहा हुँदै ल्याएको कोकिन त्रिभुवन विमानस्थल भएर भुटान जान लाग्दा शंकास्पद गतिविधिका आधारमा निगरानीपछि उनलाई पक्राउ गरिएको हो।

 

उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ।