किट कलेजबाट निकालिएका ९५ नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै फर्किए घर

२०८१ फागुन ०७ गते

किट कलेजबाट निकालिएका ९५ नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै फर्किए घर

काठमाडौँ । भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका ९५ नेपाली विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका छन् ।

किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जानएको छ । कार्यालयका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा यो नाका हुँदै घर फर्किएका छन् ।

Advertisement:

Ad
Ad

परीक्षाको ‘फर्किनेमध्ये अधिकांश विद्यार्थीहरुले न्याय चाहियो भन्दै प्रतिक्रिया दिएका छन् ।कतिपयले परीक्षाको समयमा कलेज छोड्नपर्दाको पीडा सुनाउँदै परीक्षा मिति सारिदिन नेपालको शिक्षा मन्त्रालयसँग आग्रह गरेका छन् ।